‘जात्रै जात्रा’ छैठौं हप्तामा प्रवेश : हालसम्म ९ करोड बढि कलेक्सन - Butwal Online

बुटवल, १४ असार । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ छैठौं हप्ता प्रवेश गर्दा नौ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ ।

क्यूएफएक्स, क्युब, अष्टनारायण लगायत सिनेमा हलमा दैनिक आधा दर्जन ‘शो’ प्रदर्शन भइरहेको ‘जात्रै जात्रा’ आज ४२ औं दिनमा प्रबेश गरेको हो ।

‘जात्रै जात्रा’ निर्देशक प्रदीप भट्टराईले ४२ औं दिनमा प्रवेश गर्दा नौ करोडभन्दा माथि कलेक्सन भएको बताउदै अब ५१ दिन मनाउने निश्चित भएको दाबी गरे । दर्शकले चलचित्र दशर्कले मन पराइदिएकोले अर्को चलचित्र निर्माणका लागि आफुहरुलाई उर्जा मिलेको उनले बताए ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । ‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार