Trending
  • उपभोक्ताको स्वास्थमाथि खेलबाड गर्ने मासु व्यवसायिलाई ५० हजार जरिवाना - Butwal Online

    खगेन्द्र दाहाल

    नेपालगन्ज १४ असार । संयुक्त बजार अनुगमन टोलीले आज नेपालगञ्ज उप महानगरपालिका १४ भवानियापुर स्थित एक मासु बधशाला सन्चालकलाई ५० हजार जरिवाना तिराएको छ ।



    नेपालगन्ज उपमहानगरपालिकामा बधशाला मासु पसल दर्ता गरेको तर वाणिज्य कार्यालयमा अलिम एण्ड हलिम मासु सप्लायर्सका रुपमा व्यवसाय सन्चालन गरेका मोहोम्मत आलिम कुरैसीलाई जरिवाना गराइएको हो ।

    कुरैसीले बाटोको छेउमा पशु बध गरी निस्केको फोहोर सडकछेउमा फालेको, साइनबोर्ड नराखेको र मुल्यसुचि पनि नराखेको पाइएपछि पहिलो पटकका लागी ५० हजार जरिवाना तिराइएको अनुगमन समितिका सदस्य समेत रहनुभएका वाणिज्य कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।

    कुरैसीले अछामको हुदै नभएको पशु सेवा कार्यालय बाट समन्वय गरेर मासु सप्लायर्सको काम गरेको भनेपछि उनलाई अनुसन्धानका लागी प्रहरीले पक्राउ गरेको छ । कुरैसिले देखाएको कागजपत्रको अनुसन्धान पछि मात्र छाड्न सकिने प्रहरीले जनाएको छ । कुरैसी र उनका सहयोगिले अनुगमनमा आएका टोलिमाथि अभद्र व्यवहार पनि गरेका थिए ।

    केहि पसलहरुमा अनुगमन गरेको टोलिमा संघ, प्रदेश र स्थानीय सरकार मातहतमा रहेका सरोकारवाला जिल्ला प्रशासन कार्यालय बाँकेको प्रतिनिधि, उद्योेग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका प्रतिनिधि, पशु क्यारेन्टाइन कार्यालयका प्रमुख शितलबाबु श्रेष्ठ, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नेपालगन्जका पशु चिकित्सक गणेष पुन, नेपालगन्ज उप महानगरपालिकाको प्रतिनिधि, उपभोत्ता हित सम्रक्षण समिति, नाप तौल कार्यालय, खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यलय ,पत्रकार प्रहरी लगाएतको उपस्थिती रहेको थियो । अनुगमन टोलिले हिजो पनि विभिन्न खाद्य उद्योग तथा औषधि पसलहरुमा अनुगमन गरेको थियो ।

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार