आज असार १५ : मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन (फोटो फिचर) - Butwal Online

बुटवल, १५ असार । आज १५ असार मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन नेपालभर धान दिवस, मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।



किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने प्रचलन रहेको छ ।

धान रोप्ने क्रममा युवा र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको आज मध्य दिन असार १५ रुपन्देहीमा पनि यसरि मनाइयो केहि तस्वीरहरु

फोटो / विकाश पराजुली 

यो पनि पढ्नुहोस

आज असार १५ : बिशेष दिन बिशेष महत्त्व, किसानहरूमा निराशा बढ्दै

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार