मालपोत कार्यालय कपिलवस्तुमा आगलागी - Butwal Online
मालपोत कार्यालय कपिलवस्तुमा आगलागी

प्रिंस मिश्रा

कपिलवस्तु, १५ असार । सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आज बिहान आगलागी भएको हो ।कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्य कक्षमा आगलागी भएको बताइ्रएको छ ।


आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको छ ।


आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार