लुम्बिनी प्रादेशीक अस्पतालको अवस्था सन्तोषजनक देखिएन – सामाजिक विकास समिति - Butwal Online

बुटवल,१५ असार । प्रदेश नं ५ को सबै भन्दा ठुलो र धेरै जनालाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालको अवस्था सन्तोषजनक नभएको पाइएको छ ।


प्रदेशसभाको सामाजिक विकास समितिले गरेको अनगमनका क्रममा अस्पतालको अवस्था सन्तोष जनक नभएको पाइएको हो ।

प्रदेशकै सबै भन्दा ठुलो र धेरै जनालाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको लुम्बिनी प्रादेशीक अस्पतालबाट सर्वसाधारण जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको भन्ने बिषयमा प्रदेशसभा बैठकमै प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सामाजिक विकास समितिले आइतबार लुम्बिनी प्रादेशीक अस्पतालको अनुगमन गरेको थियो ।

समितिका सभापति दिर्गनारायण पाण्डेयले लुम्बिनी प्राबिधिक अस्पतालको समग्र अनुगमन गर्न बाँकी रहे पनि प्रारम्भीक अध्ययनका क्रममा अस्पताल भएको प्रतिक्रिया दिए ।

खास गरी अस्पतालको व्यवस्थापकीय पक्ष सन्तोषजनक नरहेको सभापति पाण्डेयले बताए । अस्पतालको समग्र पक्षको अनुगमन नसकिएकोले समितिले अनुगमन पश्चात प्रदेशसभालाई आफ्नो प्रतिवेदन बुझाउने छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार