सरकार संविधान संस्थागत गर्ने पक्षमा नरहेको काँग्रेस नेताहरुको दावी - Butwal Online

बुटवल, १५ असार । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाइ संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन ।

आइतबार बुटवलमा नेपाली काँग्रेसका सस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको बताएका हुन ।

‘प्रदेश र स्थानीय तहलाइ अधिकार दिन गरेको कन्जुस्याइ र संघमा प्रधानमन्त्रीले सबै अधिकार आफुसगै राख्नुले सरकार संविधान संस्थागत गर्ने पक्षमा छैन भन्ने कुराको पुष्टि गर्छ’ नेता सिंहले भने । नेपाली काँग्रेस बुटवल नगर समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेता सिंहले भएभरको अधिकार आफु मातहत राखेर शक्तिशाली बन्न खोजे पनि प्रम ओली इतिहासकै डरपोक प्रधानमन्त्री भएको टिप्पडी गरे ।

विकास, सुशासन र शान्ति सुरक्षाको प्रत्याभुती गर्ने बिषयमा ओली सरकार असफल भइसकेको उनको दावी छ । काँग्रेस सरकारमा हुँदा ठिक समयमा ठिक आर्थिक नीति लिएकाले त्यसकै बलमा देशको अर्थतन्त्र अहिले सम्म टिकीरहेको भन्दै नेता सिंहले संविधान, संघियता र अर्थतन्त्र खतरामा पर्न सक्ने औल्याए ।

देशको बिग्रदो परिस्थती र चुनौतीसंग सामना गर्न काँग्रेसलाइ बलीयो बनाउनुको बिकल्प नभएको उनको भनाइ थियो । पार्टीलाइ तदर्थबादमा राखेर आउने दिनका चुनौतीहरु सामना गर्न नसकीने भन्दै उनले बिधानको परिधिभित्र रहेर जती सक्दो छिटो संघियताको मर्म अनुरुपका नयाँ संचरनाहरु निर्माण गर्नु पर्ने खाँचो औल्याए ।

काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट सरकारको निरङकुसता बिरुद्ध काँग्रेसले फेरी एक पटक शान्तिपुर्ण आन्दोलन गर्नु पर्ने अवस्था आएको बताए ।
प्रम ओली फ्रान्समा जाँदा त्यहाँका राष्ट्रपतिले कम्युनिष्ट प्रधानमन्त्री लोकतन्त्रबादी हुनै नसक्ने भन्दै भेट दिन नमानेको प्रसंग उल्लेख गरे ।
बेलायतमा काम चलाउ प्रधानमन्त्रीले भेट दिएपनि त्यहाँकी महारानीले भेटन नमानेको दावी गरे । निर्वाचनका बेला जनतालाइ घरबास दिन्छु भनेर झुटो बाचा गर्ने कम्युनिष्टहरु सरकारमा गएपछि जनताका घरमा डोजर लगाएर घरबार बिहिन बनाउने काम गरेको भन्दै त्यसप्रति आपत्ती जनाए ।

बुटवल उपमहानगरका मेयरले पुरानो बटौलीमा बर्षौदेखि बसेका स्थानीयलाइ बैकल्पिक व्यवस्था नगरी घरबर बिहिन गराएको प्रति आपत्ती जनाएका हुन । कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,काठमाडौ सभापती कृष्णसमुज बाँनीया,महासमिति सदस्य युवराज गीरी,क्षेत्रीय सभापती हरीलम्साल,नगर सभापती खेलराज पाण्डे,महेशमान सिंह, धना लामा लगायतका नेताहरुले बोल्दै दुइ तिहाइको सरकारले देशमा विकास, सुशासन र शान्ति सुरक्षाको प्रत्याभुती गर्न नसकेको गुनासो गरे ।

सरकारका गलत क्रियाकलाप बिरुद्ध काँग्रेसले प्रतिपक्षको रुपमा शसक्त आवाज उठाउनु पर्नेमा पनि बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा पार्टी कार्यालय तथा शालिक निर्माणमा महत्वपुर्ण सहयोग गर्ने काँग्रेस नेताहरु जनक कोइराला,राधेश्याम राजभण्डारी,रामप्रसाद खनाल र सन्तोष श्रेष्ठलाइ सम्मान गरीएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार