के जमाना आयो कुन्नी ? - Butwal Online
के जमाना आयो कुन्नी ?


के जमाना आयो कुन्नी
धानको बीउ खेतमा रोप्नुको साटो
घाँटीमा वीउको माला लगाउने
खेतमा धानकोब्याड राख्नुको साटो
फूलरोप्ने गमलामा धानकोब्याड राखेर
असार १५ गमलामै धान रोपेको देखाउने
अनि दही चिउरा र अरु परिकार थालमा सजाएर
फोटोखिच्ने

मुखमा परोस नपरोस केहि छैन
दही च्युराको फोटो फेसबुकमा राख्नै पर्ने
कस्तो जमाना आयो।



उहिले पहाडमा
हाम्रा आमाहरुले चामलपिसेर
घीउ हालेर चामलको मोटोगरी पिसेको पिठोलाई पानी र घीउमा
खेताराको संख्या हेरेर ताउलो भरि चिल्लो पिठो पकाउँथे
अनि केरा र बुङ्गा को अचार बनाई दिउसो खाजा
टपरीभरि भरिमानाले नापेर खानदिईन्थ्यो।
खेतारीहरु असारे गीतगाउँदै छिटोछिटो रोप्थे
कतै तबाजाकोतालमा रोपाइँ हुन्थ्यो।

रोपेरसकेपछि हिलोखेल्ने आपसमा हिलो छ्यापाछ्याप गर्ने ,
साँझ रोपेरसकेपछि हातमा बीउलिएर वालीगीतगाउँदै
घरमूलीको आँगनमा गाउनेनाँच्ने ,घरको ढोकामा धानको बीउ घुसारिदिने
घरमूलीलाई माटोको टीका र बीउको जमराबनाई लगाई दिनेगर्थे
अनि घरमूलीसंग पैसामाग्थे। पहाडमा यस्तै देखियो।
तराईझरेपछि पनि रोप्नेखेतारा र जोत्ने  हलि,कोदालो खन्ने बाउसेले
आ-आफनो कामगर्थे। खेतारी हलिबाउसेलाई पेटभरि दालभात तरकारी अचार
कहिले रोटी तरकारी चिया,कहिले भुजाच्युरा तरकारी खान दिइन्थ्यो।
पहाडमा जस्तो पिठो यताबनेन अथवा चलन थिएन।

जानेकाले गीत गाउँदै रोप्दैगर्थे
धेरैदिन रोपाइँ चल्थ्यो तर रोपेर सकिने दिन
मैदारो खाने वाहरिहरि गर्ने भनी
घरमालिकसंग कामगरेका सबैलाई मिठो चोखो ख्वाउनु भनिन्थ्यो
मालिकले पनि क्षमता अनुसार मासु भात तरकारी अचार बनाएर
काम गरेकाहरुलाई ख्वाउने गरिन्थ्यो र गरिन्छ
योचलन अझैछ तराईमा।

तर अब खेती लगाउन सजिलो भएको छ
मसिनरी युग आएको छ
जात्ने, हिलाउने ,खोकलाउने, रोप्ने ,काट्ने छाट्ने
सबैकाम मसिनले गर्न थालेकोछ धेरै खेत भएकाहरुको
थोरै हुनेहरुको पनि जोत्ने हिलाउने सबैट्र याक्टरले
रोप्ने बीउ उखेल्ने खेतारीले गर्छन्।
भने मंसिरमा स्याहार्ने बेला धान कादाना निकाल्ने काम
पनि मसिनलेनै गर्न थालेकोछ ।
तब बल्ल किसानको मिहिनेत
शहरबजार बस्नेले उपभोग गर्न पाउँछन्।

किसानहरुले सक्कली काम गर्छन्
आजकलका नेताले जस्तो
नक्कली र देखावटी काम गर्दैनन्।
चेतना पलाए राम्रो हुन्थ्यो।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार