सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यूलाई चिठी - Butwal Online

सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यू

नमस्कार!



सर्वप्रथम हजुरको सुस्वास्थ्य र देश र जनताको हितमा सफल कार्यकालको शुभकामना छ।नेता वा राजा त्यही सफल हुन्छ जसले रहेको इतिहास मर्न दिंदैन र नयाँ इतिहास पनि निर्माण गर्दछ।

 

अाफूलाई मेटाएर भए पनि राष्ट्र र राष्ट्रियता जगाउने,संरक्षण र संवर्धन गर्ने राजनेताले मात्र अाफ्नो माटोको सुगन्ध विश्वभरि पुर् याउन सक्दछ।

स्वत्व र समाधि दुई कुराको असल समायोजनले समयलाई पनि जित्न सकिन्छ।अाफू नै अाफ्नो नभइकन पराइको पक्कै हुन सकिँदैन।सम्यक् चिन्तन,सम्यक्अभ्यास,सम्यक् विचार र सम्यक् भावीयोजनाहरूको सफल कार्यान्वनहरूबाट राष्ट्रिय श्रीवृद्धि हात पार्न सकिन्छ।राष्ट्रिय समुन्नतिको मुल जरो हो राष्ट्रिय नैष्ठिकता।राष्ट्रिय नैष्ठिकता नै राष्ट्र रहने अाधार हो र राष्ट्र रहे मात्र हामी रहन्छौं।

हाम्रो राष्ट्रको मुख्य कडी र अाधार हो सत्य सनातन अाध्यात्मिकता।राष्ट्र बनाएको,अडाएको र बढाएको सबै यसैले हो।विगतले भविष्य अौंल्याउने सार्वभौमिकता भुल्नाले खाल्डोमा परिएला।

अरूले दया गरेर खान दिएको खुवा-खिर भन्दा अाफूले अर्जेको मकैको पिठो मीठो हुन्छ।धनीको कुकुर हुनु भन्दा गरीबको गाई हुनु उत्तम हुन्छ। अात्मीयता विहीन सर्वोपरिताले केही गर्न सकिँदैन।

 लेखक : वचन समा्रट पं. भीमकान्त पन्थी

लक्ष्य विहीन हिंडाइले कुन ध्येय भेटिन्छ र? अाफूलाई अाफैले चिन्न नसके अरूले झन् कसरी चिनाउला र?अाफ्नोमा अरूलाई भान्से गराउँदा उसले अाफूले नखाइकन के हामीलाई खुबाउला र?अाफ्नो घरको ढोकाको ताला चाबी सबै अरूलाई बुझाएर च‌ैनको निद सुत्नु के अात्महत्या समान होइन र?प्राचीनतामा गर्व र अाधुनिकतामा प्रवृत्ति नमिले स्थापित हुँदै गरेका मानवीय मुल्य र मान्यता तपाईंको असारे विकासे अभियान जस्तै हुँदैनन् र?त्रिशूल र डमरूले धानेको एकताको नाद डमरू फुटे पछि कसरी गुञ्जिएला र त्यही त्रिशूल भाँचिए पछि कसरी अडिएला र?

अरूको वुद्धिले राजा हुनु भन्दा बरू अाफ्नो वुद्धिले जोगी हुनु बरू राम्रो !लखनउको गोदाम हेरेर नेपाली कराहीमा तेल तताएर,चीनका कपडा फ्याक्ट्रीलाई नियाल्दै नेपाली दशैंमा कपडा फेरेर,भारतीय ग्याँस र तेलका ट्याङ्करलाई नमन गर्दै नेपालमा गाडी ढ्याँ ढुर् पारेर गरिने फुर्ति;मठ मन्दिरका गुठी मासेर,सँस्कृत र सँस्कृति अर्थात् नेपालीत्व मेटेर गर्न खोजिएको पर्यटन विकास ;विदेशी अनुदान र अनुदानकै ड्रेस लगाइदिएर लिइने सलामी र विदेशबाटै रेडिमेड अायातित दौरासुर्वाल र टोपीमा लुकेको राष्ट्रिय अराष्ट्रियता यो राष्ट्रमा अनावश्यक लादिएको संघीयता जस्तै निरर्थक हुन जान्छन्।

राष्ट्रिय एकता खलबल्याएर भोट र नोटमा बिकेर गरिने राजनीति र हतारमा घटेको होलिवाइन काण्ड एकै हो।सत्यमा समाहितता हुन्छ र समाहिततामा समन्वयता।समन्वयतामा सद्विचारको उदय हुन्छ र सद्वैचारिकताबाट वास्तवमा मानवताको उदय हुन्छ।

मानवताको कडीमा निर्मित,व्यवस्थित र उद्घोषित नेपाली सनातन रीति वर्तमान विश्वको खलबलको एक मात्र समाधान हो भन्ने नबुझी अझ यही पुर्खाको विरासतलाई समान्ती प्रथा भन्दै विचरा अाफ्नै जीवन बुझ्न नसकेको मार्क्स बुढालाई भगवान् मानेर फलाकिनु स्वयं अाफू कस्तुरी मृग हुनु हो।जुन अाफ्नो सुगन्ध अन्त अरूबाट खोज्दैमा शिकारीको हातमा पर्दछ।

” गह्रो बन्या जग्गामा घर छ भन्या घर अन्यत्र सारी तहाँ कुलो काटी गह्रो बनाउनु” भन्ने पनि नजानी कसरी भूमि सुधार हुन्छ? पुरै तराई प्रदेश,एशियालाई नै पाल्न सक्ने उर्वर उपत्यका र सबै जसो पहाडी बेंसीमा प्लटिङ् गरे पछि के घाँस पात खुबाएर जनता पाल्नुहुन्छ ? ” प्रजा मोटा भया दर्वार बलियो रहन्छ ” को विपरित कर अातङ्कले जनता मसिना भए पछि राष्ट्र कसरी धानिन्छ?

सुकुम्वासीलाई बाँड्न देवगुठीमा अाँखा लगाएर झापड खानु भन्दा भारतले मिचेको कालापानी,सुस्ता लगायत हजारौं बिघा जमीन फर्काएर बाँड्ने बुद्धि किन अाएन? विदेशले अाफ्नो जमीन मिच्दा पनि रक्षा गर्न सकिंदैन भने सरकारमा बस्नुको अौचित्य के?पञ्चायत कालमा चलेका उद्योग पनि अाज चलाउन नसकेर नुन देखि सुन सम्ममा अरूको भर पर्दै फाल्तु गफ लगाउनुको अौचित्य के?

राजा महेन्द्रले बनाइदिएका दुई लेनका बाटाहरू अाज यति धेरै समय सम्म पनि कम्तिमा चार लेन बनाउन नसक्ने अनि समुद्र नै नभएको देशमा ” पानीजहाज कार्यालय” खोलेर किन नाटक देखाउनु? धर्म निरपेक्ष राज्य घोषणा गर्ने अनि सनातन हिन्दू धार्मिक क्षेत्रबाट भएको अाम्दानीको अासा गर्नु कति सान्दर्भिक छ? नेपालका साठी प्रतिशत पर्यटक धार्मिक पर्यटक हुन्।

नेपालको मौलिकता मासे पछि के पर्यटकहरू तपाईं र मलाई हेर्न अाउँछन्? मिडिया,नागरिकता,सेना र गुठीको व्यवस्थालाई विधेयक पास द्वारा हलचल गराए पछिको पुनस्थापना र त्यसबाट सृजना हुने भयावहताको जिम्मेवारी को?रुपन्देही,कपिलवस्तु र नवलपरासी कंक्रिटले भरिएको बरू कालीगण्डकी बेंसी नै खाली सिंचाइविहीन भएको अवस्थामा कालीगण्डकी ड्राइभर्सन किन र कसको लागि?” नेपाल दुई ढुङ्गा बीचको तरुल” हो भन्ने नबुझी चलेको अन्ध विदेश नीतिले नेपाललाई कहाँ पुर् याउने मन छ?

उत्तर तिर पुरै बन्द र दक्षिण तिर पुरै खुला सीमाना किन राखिरहनु? समान विदेश नीति अवलम्वन तपाईंकै कार्यकालमा गरे के हुन्छ?भारत सँगका असमान सन्धि सुधारको बेमा तपाईं प्रधानमन्त्री भए पछि चुप हुनुको कारण के हो ?

अाफू सत्तामा नरहँदा भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवाद भन्दै हामी सोझा जनतालाई उफार्ने अनि सत्तामा पुगे पछिको तैं चुप मैं चुपलाई जनताले कसरी बुझ्ने? न्यायालय देखि सुरक्षा निकाय सम्म राजनीतिक हस्तक्षेप भएका खबर अाइरहन्छन्,यदि त्यसो हो भने सुशासन कसरी हुन्छ?” दल ठूलो हो कि राष्ट्र ठूलो हो?

“घुस खान्या र घुस दिन्या दुबैको जीव धन गरिलिया पनि पाप छैन” भन्ने नबुझी कसरी प्रशासनिक सुधार हुन्छ? अथवा यो नियम लागू गरे नेपालमा कति होलान् जेल नभोग्ने?अाज पिच गरेको बाटो भोलि भलले बगाउँदा र निर्माण सम्पन्न पुलहरू रिबन काटे पछि संचालन नहुँदा हजुरले देख्नुभएन कि? अार्थिक

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार