कपिलवस्तुमा ट्रक र बस ठोक्किदा एक जनाको मृत्यु, १५ जना घाईते - Butwal Online

कपिलवस्तु, १७ असार । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर  ९ चवनपुरमा ट्रक र बस एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने १५ जना घाईते भएका छन् ।

चवनपुर स्थित पूर्ब पश्विम राजमार्गमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ६२६८ नंको ट्रक र बिपरित दिशाबाट आउदै गरेको म १ ख ८२८ नं को बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईतेलाई उपचारका लागी अस्पताल पठाईएको छ । घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस ट्रक र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले  नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार