कपिलवस्तुमा २ बस ठोक्किँदा ४० जना घाईते, २० को अवस्था गम्भिर - Butwal Online

कपिलवस्तु, १८ असार । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ चोरखोलामा दुई बस एक आपसमा ठोक्किदा ४० जना घाईते भएका छन् ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ९३२६ नं को बस र बिपरित दिशाबाट तर्फ आउदै गरेको ना ६ ख ९९१० नं को बस एक आपसमा ठोकिएका हुन् । बसमा ५४ जना सवार थिए जसमध्ये ४० जना घाईते भएका छन् ।

२० जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपचारका लागी चौराह अस्पताल बुटवलमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । अन्य २० जनालाई सामान्य उपचार पछि डिसर्चाज गरिएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको र अन्य थप अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार