शिक्षाको विकासमा सरोकारवाला निकाय र गाउँपालिकाबीच समझदारी - Butwal Online

नेपालगञ्ज, १८ असार : बाँके राप्तीपारिको विकट क्षेत्रका रुपमा परिचित नरैनापुरका नागरिकमा शिक्षाको पहुँच पु¥याउन सरोकारवाला निकाय क्रियाशील हुने भएका छन् ।

फाइल तस्बिर

बाँकेको सदरमुकाम नेपालगञ्जस्थित सरोकारवाला निकाय र नरैनापुर गाउँपालिकाबीच यस विषयमा समझदारीसमेत कायम गरिएको छ ।

अवधि पत्रकार सङ्घको पहलमा गरिएको समझदारीमा नरैनापुरको शिक्षामा देखिएको विद्यमान समस्यालाई समाधान गर्ने प्रतिबद्धतासमेत जनाइएको छ । नरैनापुरमा माविको सङ्ख्या कम रहेकाले आवश्यकताअनुसारका भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर शिक्षाको विकासमा साझेदारी गर्ने समझदारी भएको सङ्घका संस्थापक अध्यक्ष सूर्यलाल यादवले बताए ।

गाउँपालिकाले यस क्षेत्रमा शिक्षाको विकासका लागि योजनाहरु निर्माण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको भनाइ छ । नरैनापुर गाउँपालिकामा हाल ४५ वटा प्रारम्भिक बाल विकास केन्द्र, माध्यमिक, आधारभूत र प्राथमिक गरी २१ वटा सामुदायिक विद्यालय, २३ मदरसा र पाँच वटा निजी विद्यालय सञ्चालनमा छन् ।

बालमैत्री नगर घोषणा अभियान

नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । यस्तो अवस्थामा पनि यो जिल्ला बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । झण्डै ११ वर्षअघि ९सन् २००७ नोभेम्बर २० मा० बाँके जिल्ला बाल कल्याण समिति र बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमुक्त जिल्ला’ घोषणा गरेको थियो । घोषणा गर्दा नै यसमाथि प्रश्न उठाइएको थियो । त्यस बखत पनि बाँकेमा बालश्रम उन्मूलन नै भइसकेको थियो ।

गैरसरकारी संस्थाहरुको घोषणा गर्नैपर्ने कार्यक्रमबमोजिम जिल्ला बालकल्याण समितिलाई फकाएर त्यसो गरिएको गाइँगुइँ त्यति बेलै सुनिएको थियो । “जिल्लाको बालश्रमको विषयमा सबै कुरा बुभ्mेर आवश्यक पहल गरिनेछ”, प्रजिअ मदन भुजेलले भने । तथ्याङ्कअनुसार नेपालगञ्जमा मात्रै अहिले दुई हजारभन्दा बढी बालश्रमिक विभिन्न उद्योग, व्यापार, व्यवसायमा कार्यरत छन् ।

राज्यको पुनर्संरचनापछि बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा छ । कूल आठ स्थानीय तह रहेको बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत छन् ।

कानूनतः १४ वर्ष उमेरका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइँदैन, तर यहाँका प्रायः जसो व्यवसाय सञ्चालन गरिने प्रतिष्ठानहरुमा सोही उमेरका बालबालिकालाई पनि श्रममा लगाएको सहजै देख्न सकिन्छ । “अनुगमन र नियमन गर्ने निकाय पनि यस सम्बन्धमा तै चुप, मै चुप भएर बसेका छन् । श्रम कार्यालय, स्थानीय प्रशासन र सरोकारवालाहरुले कहिले पनि बालश्रम राख्ने उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानमा अनुगमन र नियमन गरेको सूचनाबाहिर ल्याउने गरेका छ्रैनन्” , अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का प्रदेश ५ प्रमुख भोला महतले बताउनुभयो ।

बाँकेलाई बालश्रममुक्त गर्ने अभियानमा अहिले फेरि पनि स्थानीय प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिकाहरु, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब ९बास० लगायतका सरकारी तथा गैरसरकारी निकायहरु क्रियाशील रहे पनि विगतमा गरिएको हतारपूर्ण निर्णयले फेरि पनि नतिजा सोचेजस्तो आउला भनेर ठोकुवा गर्ने अवस्था नभएको इन्सेकका प्रदेश प्रमुख महतको भनाइ छ ।

बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालगञ्जको मध्य भागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटोमध्ये पश्चिमतर्पmको बाटो साँघुरो छ । बाटोको दुवै छेउमा ठेला र घुम्ती पसल राख्नाले बाटो अझ साँघुरो भएको छ । मन्दिर प्रवेश गर्ने पूर्वतर्पmको न्युरोडको बाटो भने फराकिलो छ ।

मन्दिर परिसरमा रहेका धार्मिकलगायतका सामग्री बिक्री गर्न खोलिएका पसलहरुका कारण दर्शन गर्न आउने भक्तजनहरुले कष्ट भोग्नुपर्ने स्थिति रहेको छ । नेपालगञ्ज–१३ शान्तिनगरका सीता पौडेलले भन्नुभयो, “मन्दिर परिसरभित्रै खोलिएका पसलका कारण देवीको ढोकासम्म पुग्न हम्मेहम्मे पर्ने गर्दछ ।”

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले पसल व्यवस्थापनका लागि सटरहरु बनाउन शुरु गरिएको बताए । उनका अनुसार मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ ।

सो मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीको दर्शन गर्न आउने गर्दछन् । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ । यो मन्दिरमा दशैँको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा पनि रहिआएको छ ।

सतीदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताउनुभयो । “माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेहरुको मनोकामना पूरा हुँदै आएको छ”, उनले भने, “बागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुल्ला दर्शन गर्न पाउने व्यवस्था पनि गरिएको छ ।”

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार