वडा सदस्यमाथि हातपात, उजुरी दर्ता भएन - Butwal Online
वडा सदस्यमाथि हातपात, उजुरी दर्ता भएन

बुटवल,१८ असार । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० का वडा सदस्य यमबहादुर थापामाथि हातपात भएको छ । वडा सदस्य थापामाथि सोही वडाका वडा सदस्यमा पराजित उम्मेदवार बिश्वास गुरुङ्ग रहेका छन् ।


बुधबार बिहान देबदह नगरपालिका वडा नं १० चरङ्गेका बिपन्न घर परिवारलाई नेपाल सरकारद्धारा निशुल्क रुपमा उपलब्ध गराएको बिद्युत मिटरबक्स वितरण गर्ने क्रममा भएको बिवादका क्रममा गुरुङ्ग ले वडा सदस्य थापामाथि हातपात गर्नुकासाथै गालि बेइज्यति गरेको वडा कार्यालयले जनाएको छ ।

देबदह नगरपालिका वडा नं १० का वडा सदस्य यक बहादुर सुनारले एक प्रेस बिज्ञप्ति जारी गरी घटनाको घोर निन्दा र भत्सर्ना गर्दै दोषि उपर कानूनी कार्बाही गर्न माग गरेका छन् ।

नेपाल बिद्युत प्राधिकरण बुटवलबाट आएको प्राबिधिकहरुको टोली सहित वडा कार्यालयको रोहवरमा बिपन्न समुदायलाई बिद्युत मिटरबक्स बितरण गरी बिद्युत सम्बन्धि समस्या अनुगमन गर्ने क्रममा चरङ्गे स्थित सिता माबि पुगेका वडा सदस्य यमबहादुर थापामाथि सोही ठाउका बिस्वास गुरुङ्ग ले गालि बेइजति गर्नुका साथै हातपात गरेको घटनाप्रति घोर भत्सर्ना गर्दै बिज्ञप्तिमा निज बिस्वास गुरुङ्गलाई प्रचलीत कानून बमोजिम कार्बाही गर्न माग गरिएको छ ।

कार्यालयको जिम्मेवारीमा रही प्रचलीत कानून बमोजिम काम कार्बाहीका क्रममा भएका यस घटनाले जनताको सेवा प्रवाहमा समस्या हुन आउने हुनाले वडा कार्यालयमा शान्ति सूरक्षाको प्रबन्ध गरी सबै पदाधिकारी तथा कर्मचाीहरुको सूरक्षाको प्रत्याभुति दिलाउन समेत बिज्ञप्तिमा माग गरिएको छ ।

पिडीत यमबहादुर थापाले घटना लगत्तै इलाका प्रहरी कार्यालयमा हातपातमा संलग्न गुरुङ्ग का बिरुद्ध उजुरी दिएको तर इप्रका बुटवलका प्रमुखले आफ्नो कार्यव्यस्तताको कारण जनाउदै उजुरी दर्ता नगरेको जानकारी बताए ।

 

वडा अध्यक्ष सुनारले दोषिमाथि कार्बाही नभए काम गर्न कठीन हुने भन्दै कार्बाहीको माग गरे । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले घटनाको बिषयमा उजुरी परेको बताउदै त्यस बारे अनुसन्धान भैरहेको जानकारी दिए ।
घटनाका अभियुक्त पक्राउ नपरेको समेत प्रनाउ भट्टराईले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार