कोईरालाको योगदान माथी चर्चा गर्दै नवलपुरमा मनाईयो ९६ औँ जन्म जयन्ति - Butwal Online

 सदिक्षा गैरे

कावासोती, १८ असार : नेपालका पुर्बप्रधानमन्त्री एबम् नेपाली काग्रेसका पुर्ब सभापती स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औ जन्म जयन्तिको अबसरमा बुधबार कावासोतिमा उनको योग्दान माथी चर्चा गरिएको छ ।

जिपि कोईराला फाउन्डेसन नवलपुरको आयोजनामा कावासोती २ स्थित बिपि स्मृती भवनमा आयोजित कार्यक्रममा नेपाली राजनितिमा गिरिजा प्रसाद कोइरालाले पुर्याएको योगदानको चर्चा गरिएको हो ।

कार्यक्रम मा बोल्दै प्रमुख अथिती नेपाली काङ्ग्रेस नवलपुरका कोषाध्यक्ष ओम प्रसाद सापकोटाले गिरिजा प्रसाद कोईरालाकै दुरदर्शिताका कारण मुलुकमा आज यो ब्यबस्था आएको बताए । कोईराला बिश्वले मान्ने नेता भएको भन्दै सापकोटाले उहाँ युग परिबर्तनको मुख्य नेतृत्व कर्ता भएको बताए ।

कार्यक्रममा नेपाली काङ्रेसका महासमिति सदस्य कपिलदेब भुसाल, नवलपुर क्षेत्र नम्बर १ का सभापती द्रोण बन सन्यासि, महिला संघकि खिना भुसाल लगायतलेबोलेका थिए । बक्ताहरुले गिरिजा प्रसाद स्पस्ट र सबैको प्रिय नेता भएको भन्दै उनले देखाएको सहमती र एकताको बाटोमा हिड्न सबैलाई आग्रह गरेका थिए ।

जिपि कोइराला फाउन्डेसन नवलपुरका संयोजक झपेन्द्रस्वर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुलाई उप संयोजक बेद प्रसाद गौडेल ले स्वागत गरेका थिए । कार्यक्रमको सन्चालन सचिब प्रदिपराज घिमिरेले गरेका थिए । गिरिजा जन्मजयन्तिकै अबसरमा बुधबार फाउन्डेसन ले नवलपुर अस्पतालका बिरामीहरुलाई फलफुल बितरण समेत गरेको छ ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार