कपिलवस्तुमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, १ जना घाइते - Butwal Online

कपिलवस्तु, १९ असार : कपिलवस्तुमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा स्थित ४ नम्बर तौलिहवा सडकखण्डमा तौलिहवाबाट ४ नं. तर्फ जादै गरेको लु ५१ प ११५२ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाईकल पछाडी सवार भारत सिदार्थनगर बस्ने १८ वर्षीय शंकर हरिजनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

मोटरसाईकल चालक १८ वर्षीय सलिम मुसमानको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो पनि पढ्नुहोस

कपिलवस्तुमा २ बस ठोक्किँदा ४० जना घाईते, २० को अवस्था गम्भिर

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार