अर्घाखाँचीको सुपा देउराली नजिक जिप दुर्घटना ३ जनाको मृत्यु - Butwal Online

बुटवल, १९ असार । अर्घाखाँचीको सुपा देउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

कृष्णनगर बाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज १३२९ नम्बरको जिप आज ११ बजे सुपा देउराली नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक खिम बहादुर घर्ति मगरले बताए । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेनाले उद्धारको कार्य जारी राखेका छन् ।

जिपमा ८ जना सवार रहेको र जिप चालक (गाडी साहु) कृष्णनगरका ५० वर्षीय सुमन भुसालको सनाखत भए पनि अरु मृतक घाइते कसैको पनि नाम ठेगाना खुलेको छैन ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार