नवलपुरमा ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान - Butwal Online
नवलपुरमा ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान

कावासोती १९ असार : नवलपुरको कावासोतीमा ८४ बर्श पुगेका जेष्ठ नगारिकलाई बिहीवार सम्मान गरिएको छ । कावासोती नगरपालिका ६ पुर्बटोलमा रहेको मातृभूमी युवा क्लवले आफ्ना वडा भित्र बसोबास गर्ने ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

कावासोती नगरपालिका वडा नं. ६ को सहयोगमा क्लबले आयोजना गरेको सम्मान कार्यक्रममा १७ जना जेष्ठ नगारिक सम्मानित हुनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे सहित अतिथिहरुले ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई नगद एक हजार रुपैया सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सम्मान ग्रहण पछि जेष्ठ नागरिकहरुले क्लवले आफुहरुलाई सम्झना गरेर सम्मान गरेको भन्दै खुशि व्यक्त गरे । वृद्ध भत्ता र विभिन्न समयमा हुने यस्ता सम्मानको कार्यक्रमले आफुहरुलाई दैनिकी खर्चको लागि सहयोग पुगेको उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेमप्रसाद पाण्डेले वडा स्तरबाट जेष्ठ नागरिकलाई सम्मान गर्न सदैव आफु क्रियाशिल रहेको बताए ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु ज्ञान प्रसाद डुम्रे र याम बहादुर थापाले जेष्ठ नागरिक समाजको गहना भएको भन्दै उनिहरुको सम्मान सबैले गर्नु पर्ने बताए । क्लवका अध्यक्ष भरत गौडेलले जेष्ठ नागरिक सम्मानको लागि क्लव सदैव क्रियाशिल हुने बताए ।

उनले क्लवले सञ्चालन गरेको एम्बुलेन्स सेवाबाट वडा भित्र बसोबास गर्ने जेष्ठ नागरिकलाई सहुलियतमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । क्लवका सचिव तिर्थराज डुम्रेले सञ्चालन गरेको कार्यक्रममा क्लवका सदस्य मोहन चापागाईंले स्वागत मन्तव्य ब्यक्त गगरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार