Trending
  • १६ परिबार अझै अनशनमा : बुटवल उपमहानगरले बनायो ४ सदस्यीय छानविन समिति - Butwal Online

    बुटवल, २० असार । १६ परिवारको टहरामाथि बुटवल उपमहानगरपालिकाले २३ दिन अगाडि डाजेर चलाएपछि उनीहरु अहिले विचल्लीमा परेका छन् ।



    बुटवल उपमहानगरपालिका वडा नं. १ को जामे मस्जिद अगाडि २०२८ सालदेखि बस्दै आएका उनीहरुको टहरा माथी उपमहानगरपालिकाले २४ दिन अघि डोजर चलाएको थियो ।

    बुटवल उपमहानगरपालिकाले डोजर लगाएर खाली गराएको क्षेत्रमा २३ दिन देखि १६ परिबारहरु रिले अनशनमा बसेका छन् । बुटवल–१ जामे मस्जिद अगाडि तत्कालीन श्री ३ बडामहारानीको साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरामाथि उपमहानगरले डोजर लगाएर खाली गरेपछि उनीहरु रिले अनशनमा बसेका हुन ।

    बस्ती हटाएर उपमहानगरले कभर्ड हल बनाउन शिलान्यास गरेपछि बृद्धबृद्धा र बालबालिका समेतका १६ परिवारले आफूहरु ४८ वर्षदेखि बस्दै आएको ठाउँमै बसोबास गर्न पाउनुपर्ने माग गर्दै अनसन बसिरहेका छन् । उनीहरुले माग पुरा नभए प्राण नै त्याग गर्ने समेत बताएका छन् । “हामीले न्यायालय नभएको महशुस भएको छ, हाम्रो माग पुरा नभए हामीले यहाँ प्राण त्याग्छौ” विस्थापित मध्येका एक विजय कुमार विश्वकर्माले भने ।

    घरटहरा हटाएको विषयमा प्रदेश नं. ५ प्रदेश सभामा कुरा उठेपछि प्रदेश मामिला तथा कानुन समितिले स्थलगत अध्ययन समेत गरेको थियो । समितिका सदस्य भोजप्रसाद श्रेष्ठले विस्थापित परिवारलाई वैकल्पिक प्रबन्ध गर्नुपर्ने र तत्काल राहत उपलब्ध गराउनुपर्ने बताएका थिए । तर उपमहानगरपालिकाले बैकल्पीक स्थान दिनुको साटो समिति गठन गर्न लागेको छ । नगरसभाले वडा नं. १४ का वडा अध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको भन्दै समितिको प्रतिबेदन अनुसार उपमहानगरपालिका अगाडि बढ्ने बताएको छ ।

    “नगरसभाबाट भर्खर मात्र छानविन समिति गठन भएको छ, छानविन समितिले दिएको प्रतिबेदन अनुसार हामी अगाडि बढ्छौ” बुटवल उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष महेन्द्र लिगलले भने ।४ सदस्यीय उक्त छानविन टोलीले यो महिना भर प्रतिबेदन तयार गर्नेछ ।

    २३ दिन देखि रिले अनशनमा बसेका उनीहरुले सामुहिक भोजन गर्दै आएका छन । रिले अनशन बसेका कारण दैनिक ज्यालादारी गर्नेहरु काम गर्न पाएका छैनन जसका कारण उनीहरु राहत सामाग्री कुरेर अनशनमा बसिरहेका छन् ।

    भिडियो हेर्नुहोस 

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार