नवलपुरका युवाहरुद्वारा धार्मिक क्षेत्रको सफाई - Butwal Online
नवलपुरका युवाहरुद्वारा धार्मिक क्षेत्रको सफाई

कावासोती, २१ असार : नवलपुरका युबा हरु धार्मिक क्षेत्रको सफाईमा जुटेका छन् । नवलपुरका युबाहरु यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरुको सरसरफाईमा जुटेका हुन् । यसै क्रममा युवाहरुले यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर परिसर सरसफाई गरेका छन् ।

आउदै गरेको बिश्व सरसफाई दिबसलाई भब्य सफल पार्ने उदेश्यले यस्ता अभियानहरुको थालनी गरिय अनुसार धार्मिक क्षेत्रहरुलाईमा पनि सरसफाई गरियको बिश्व सरसफाई दतथा हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीले जानकारी दिए । दाउन्ने मन्दिर क्षेत्र यस जिल्लाकै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा रहेको छ ।

सरसफाई संगै यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटन भित्राउनका लागि यसको प्रचार प्रसार समेत गरिने अर्का युवा अभियान्ता सुधन लम्सालले बताए । साथै आगामी दिनहरुमा यस्ता खालका अभियानहरु निरन्तर गरिने अभियान्ता सन्देश घिमिरेले बताए । कार्यक्रममा नवलपुर क्षेत्रका करिब ५० जना युवा अभियान्ताहरुको सहभागी रहेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार