मैले बुझ्न पाएको रानीघाट दरबार (रानीमहल) - Butwal Online
मैले बुझ्न पाएको रानीघाट दरबार (रानीमहल)

बुटवल, २१ असार। रानीमहल पश्चिम नेपालकै एक चर्चित स्मारक हो ।बि.स.१९४८ खड्क समशेर पाल्पाको प्रमुख प्रशाशक भइ यहाँ आए पछि उनैले आफ्नी प्यारी रानी तेज कुमारिको सम्झनामा कालीगण्डकी नदिको किनारमा यो दरबार बनाउन लगाएका थिए रे ।

भनिन्छ १९४९ मा उनिकी रानी तेज कुमारिको रिडिमा देहावसान भएको थियो र उनको अन्तिम इच्छा उनको सम्झनामा एउटा स्मारक बनाउने थियो ।

यसै इच्छा लाई पुर्ती गर्नका निम्ति खड्क समसेर ले उपयुक्त स्थानको खोजी गर्दा यो स्थानलाई छान्न पुगे तर यहाँ पुग्न अत्यन्त कठिन थियो रे बैकुण्ठ पहरा जस्तो कडा पहरा फोडेर बाटो बनाउनु कुनै सजिलो काम थिएन रे ।

तर उनी दृढ इच्छा शक्ति भएका ब्यक्ति भएको हुनाले यो चुनौतिलाई पार गर्दै उक्त पहरा फोडेर यहाँ सम्म पुग्ने बाटो बनाउन एसै ठाउमा आफ्नी रानिको सम्झनामा भब्य महल बनाएर जुन दरबार को नामबाट यो घाटलाई रानीघाट नामाकरण गरियो जुन अहिले नेपालको ताजमहल भनेर नि चिनिन्छ।यो दरवारलाई प्रेम को प्रतीक पनि भनिन्छ।

       लेखक :-पृथ्वी राज नेपाल

यो दरबार बनाउनको लागि खड्क समसेर ले भारतको कलकत्ता बाट अङ्ग्रेजी इन्जिनियर बोलाएका थिए रे।उनैको डिजाइन मा यो दरबार बनेको हो रे।पाल्पाको सेनाको चौथो दस्ता यसको निर्माणमा जुटेका थिए बि.स.१९५० मा यसको निर्माण सुरु भएको भइ चार बर्षमा सम्पन्न भएको थियो रे ।सदरमुकाम तानसेन बाट १३ कि.मि.दुरिमा रहेकोे यस स्थानमा जाने दुई बाटो हरु छन एउटा बाटो कैलास नगर हुँदै जान्छ भने अर्को बाटो गोर्खेकोट बराङ्गिद हुँदै जान्छ।

यसको निर्माण को समापति पछि ठूलो धार्मिक र साँस्कृतिक कार्यक्रम गरि उद्घाटन गरिएको थियो ।यश दरबारमा त्यस बेला पनि जेनेरेटर बाट बिधुत सप्लाई गरिएको थियो रे ।

हात्ती ढुङ्गाबाट पानीको ब्यबस्था गरिएको थियो । आगो बाट सबै कोठा तताउने ब्यबस्था पनि गरिएको थियो रे।कोठा हरु आसर्यजनक तरिकाले सजाउने गरिन्थ्यो रे।दरबार को अगाडि बगैँचा माखा पोखरी सजाएर गरिएको थियो रे ।बगैंचा को उत्तर पश्चिमा कालीगण्डकीको सुन्दर दृश्य छ जुन हेर्न को लागि सितल पाटी बनाइएको छ ।

दरबार अगाडि मन्दिर र त्यसबाट सिढी सिढी झर्दै कालीगण्डकीको जल सम्म पुग्न सकिन्छ रानीघाट बनाएको केही समयमा खड्कसमसेर भारत तर्फ गएका हुन रे ।

यो स्मारक यो दरबार अहिले अहिले संरक्षणबिहिन अबस्थामा पुगेको छ भने त्या घुम्न जाने पर्यटन बढ्दो रुपमा छ ।यो दरबार लाई संरक्षण गर्न को लागि सरकार जनता सामाजिक सस्था सबै मिलेर आफुले सक्दो थाउ बाट सक्दो तरिकाले सहयोग गर्नु पर्दछ र यहाँ जाने पर्यटन को लागि सहज हुने किसिमले बिकास गर्नु पर्दछ । पुराना सम्पती रहे हामी नेपाली को चिनारी रहन्छ ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार