प्रतापपुर गाउँपालिकामा अपांगता भएकालाई छाता र टर्च वितरण - Butwal Online

नवलपरासी, २२ असार । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकामा अपांगता भएका व्यक्तिहरुलाई शनिवार छाता र टर्च ५० जनालाई वितरण गरिएको छ ।

प्रतापपुर गाउँपालिकाको अार्थिक सहयोग र जन जागृति अपांग संस्था सिबिअार नेटवर्क नवलपरासीको अायोजनामा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

वितरण कार्यक्रमका प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले अपांगता भएका व्यक्तिहरुलाई छाता र टर्च वितरण गर्नु भएको थियोे । वितरण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि शर्माले प्रतापपुर गाउँपालिका लाई अपांग मैत्री गाउँपालिका बनाउनेमा जोड दिनु भएको थियोे ।

अपांगता भएका व्यक्तिहरुलाई राजनैतिक , सामाजिक , सांस्कृतिक विकासको मुलधारमा ल्याएर उनिहरुको क्षमता विकास र अात्मनिर्भर बनाउन गाउँपालिका हरसंभव कोसिस गरिरहेको बताउनु भयो ।

छाता र टर्च वितरण कार्यक्रममा जन जागृति अपांग संस्था नवलपरासीको अध्यक्ष बच्चा राजभरको अध्यक्षतामा सम्पन्न भएको थियोे भने उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, वडा नं ६ का वडा अध्यक्ष रामहरि उपाध्याय , ८ का कादिर अलि अन्सारी , अंगद यादव , नन्दु यादव लगायतको सहभागिता थियोे ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार