तानसेनको बाँसटारी घुम्तीमा बस र ट्रक ठोक्किदा ६ जना घाइते - Butwal Online

पाल्पा असार २२ । तानसेनदेखि बुटवल जाँदै गरेको बस र बुटवलबाट तानसेनतर्फ आइरहेको ट्रक तानसेन बाँसटारी घुम्तीमा आपसमा ठोक्किदा ६ जना घाइते भएका छन ।

 



तानसेनबाट बुटवल गईरहेको लु १ ख ७१५७ नम्बरको बस र बुटवलबाट तानसेनतर्फ आइरहेको ५८८३ नम्बरको ट्रक आज दिउँशो बाँसटारी घुम्ती मोडमा ठोक्किएको हो ।

बस र ट्रकको अत्याधिक गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन । दुर्घटना हुँदा बस र ट्रकमा क्षति पुगेको छ भने बस नालीमा खसेको छ । दुर्घटनामा परी बसमा सवार तीन जना बालबालिका सहित ६ जना यात्रु घाइते भएका छन। उनीहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार