छरुवा धान व्यवस्थापन गर्न किसान छलफलमा - Butwal Online
छरुवा धान व्यवस्थापन गर्न किसान छलफलमा

खगेन्द्र दाहाल
बर्दिया (राजापुर) २२ असार । बर्दिया राजापुरका किसानहरुसगं छरुवा धान व्यवस्थापन सम्बन्धि छलफल गरीएको छ । सिसा परियोजनाको आयोजनामा आइतबार छरुवा धान रोपिसकेका राजापुर नगरपालिका क्षेत्रका ६० जना किसानहरुलाई अन्तरक्रियात्मक छलफल गरिएको हो ।



प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपर जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत विरेन्द्र पराजुली र सिसा परियोजनाका कृषि प्रविधिक हरि आचार्यले अभिमुखिकरण गरेको कार्यक्रममा किसानहरुलाई छरुवा धान बाट राम्रो उत्पादन लिन झार व्यवस्थापनलाई विषेस जोड दिन सुझाव दिएका थिए । कार्यक्रममा उपस्थित किसानहरुले छरुवा धान लगाउदा आउने समस्याको बारेमा चासो व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा नम्बर ६ का चेतन थारुले गाउँमा जनशक्ति अभावका कारण छरुवा धान लगाउन थालेको बताए । चेतन थारुले यसपालि २ विगाह क्षेत्रफलमा छरुवा धान सिट ड्रिल मार्फत लगाएका छन । चेतन जस्तै राजापुरका एक सय बढि किसानले झण्डै २ सय विगाह क्षेत्रफलमा छरुवा धान लगाएका प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन राजापुरका प्रमुख पराजुलीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित किसानलाई आइतरबार नै छरुवा धान लगाएको किसानको खेतबारीमा अवलोकन समेत गराइएको थियो । छरुवा धानमा झार व्यवस्थापन कसरि गर्ने भनेर स्प्रेको प्रयोगात्मक र मल छर्ने झोले मेसीनको उपयोगिता बारे प्रतक्ष किसानलाई प्रयोग गर्न लगाइएको सिसा परियोजनाका कृषि प्रावधिक हरि आचार्यले जानकारी दिए ।

कम लागत र कम मेहेनतमा सजिलै सिटड्रिल मार्फत छरुवा धान लगाएर हिले धान जस्तै उत्पादन लिन सकिने भएपछि बर्दियामा यसको माग बढ्ने क्रममा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । राजापुरमा एक किसानले १० विगाह सम्म छरुवा धान लगाएका छन ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार