दाङका राजेन्द्र ६ दिनदेखि बेपत्ता - Butwal Online
दाङका राजेन्द्र ६ दिनदेखि बेपत्ता

लमही, २३ असार : दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताए ।

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए । हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उनको भनाइ थियो ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार