अनियमितता भयो भन्दा उल्टै सार्वजनिक मुद्दा - Butwal Online
अनियमितता भयो भन्दा उल्टै सार्वजनिक मुद्दा

बुटवल, २३ असार । सरकार अहिले “समृद्ध नेपाल सुखी नेपाली” भन्ने मूल नारा लिएर देश निर्माणमा लागि रहेको छ भने जनता द्वारा निर्वा्चित जनप्रतिनिधिहरु विकास निर्माणमा लागिरहेका छन् ।


यसै क्रममा यहि असार १८ गते नेपाल विधुत प्राधिकरण द्वारा देवदह नगरपालिका वडा न १० चरङ्गेका बिपन्न घर परिवारलाई नेपाल सरकारद्धारा निशुल्क रुपमा उपलब्ध गराएको बिद्युत मिटरबक्स वितरण गरिएको थियो ।

नेपाल बिद्युत प्राधिकरण बुटवलबाट गएको प्राबिधिकहरुको टोली र वडा कार्यालयको रोहवरमा बिपन्न समुदायलाई बिद्युत मिटरबक्स बितरण गर्दा स्थानीयले अनियमितता भयो, नीति तथा मापदण्ड विपरितका व्याक्तिहरुलाइ वितरण गरियो भनेर आवाज उठाउदा स्थानीय एक विश्वास गुरुङलाइ सार्वजनिक मुद्दा लागिएको छ ।

वडा न १० का वडा अध्यक्ष यक बहादुर सुनारले विश्वास गुरुङले आफ्नो जनप्रतिनिधि वडा नं १० का वडा सदस्य यमबहादुर थापामाथि गालि बेइजति गर्नुका साथै हातपात गरेको भन्दै सार्वजनिक मुद्दा हालिएको बताए पनि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) देवदह नगरपालिका वडा न १० रुपन्देहीले प्रेस विज्ञप्ति निकालेर अति बिपन्न घर परिवारलाई वितरण गर्नु पर्ने बिद्युत मिटरबक्स सम्पन्न साली परिवार, आफ्ना वडा सदस्य र आफ्नो नजिकका व्यक्तिलाई दिएको भन्दै त्यसो नगर्न आग्रह गर्दा वडा सदस्य यम बहादुर थापा एक्कासी आक्रोशमा आइ जथाभावी गालीगलौज गरि विश्वास गुरुङ माथि हातपात गर्न खोज्दा विश्वास गुरुङ लगाएत स्थानीयवासीले प्रतिरक्षा गरेको विषयलाई लिएर वास्ताविकतालाई तोड मोड गरि कपोलकल्पित ढंगले आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।
अति विपन्न भन्न नमिल्ने मान दिसामगरलाई समेत बिद्युत मिटरबक्स वितरण गरिएको छ स्थानीयले भने जसको पक्कि घर छ उनको परिवार सम्पन्न साली छ । उनि हरुलाई विपन्न परिवारलाई दिनु पर्ने बिद्युत मिटरबक्स वितरण गरिएको छ ।

त्यस्तै त्यहिका वडा सदस्य जसले मासिक तलब सहित बैठक भत्ता समेत बुझ्ने गर्दछन उनलाई पनि अति विपन्न परिवारमा समावेस गरिरहदा त्यस छेत्रमा वसोवास गर्ने वास्तविक विपन्न तथा अति विपन्न परिवार भने सरकारले दिएको त्यो सेवा लिन बाट बन्चित हुनु परेको छ ।

त्यस वडामा विपन्न परिवार तथा पिछडिएका समुदाय धेरै छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार