सरकारलाई मेलम्ची र रेल सोध्दै तिज गित मार्फत् सर्जक र कलाकारको व्यग्य - Butwal Online

सदिक्षा गैरे
कावासोती २३ असार। सरकारको काम गर्ने शैली प्रति कलाकार र सर्जकहरुले तिज गित मार्फत् ब्यङय गरेका छन् । मेलम्ची खानेपानी आयोजना निर्माण शुर भएको बर्षौ भईसक्दा पनि काठमाडौमा अझै मेलम्ची आउन नसकेको भन्दै कलाकारहरुले कहा गयो मेलम्ची भनदै सरकारलाइ प्रश्न गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छिट्टै रेल र पानी जहाज ल्याउने भनेको भनाई प्रति कटाक्ष गर्दे कलाकारहरुले “कता गयो मेलम्ची कहाँ गुड्यो रेल , गफ पनि अति दिन गर्ने आकाशको जुन झार्ने कति गछौ नेता हो जनतालाई झेल ” भन्दै गित मार्फत् कसिलो व्यग्य गरेका हुन् ।

गायक तथा सर्जक नकुल गौतमको शब्द र संगित रहेको कहा गयो मेलम्ची बोलको गितमा नेत्रप्रसाद ज्ञवाली , सावित्रि जोशी र लोकेन्द्र चन्दले स्वर दिएका छन् । गितमा बर्तमान नेपालमा भईरहेको विकृति र बिसंगतिमाथी पनि प्रहार गरिएको छ । नागरिकहरुलाई नढाट्न र जनताको आधारभुत आबश्यकता पुरा गर्न तर्फ लाग्न पनि कलाकारहरुको आग्रह छ ।

गितको एरेन्ज भने राकेश सोनीले गरेका हुन् ।
हरितालकिा तिजलाइ मध्यनजर गर्दे तयार पारिएको सुमुधुर गितमा व्यग्य मात्र छैन यसले सकारात्मक सन्देश पनि प्रवाह गरेको छ । कहा गयो मेलम्ची बोलको म्युजिक भिडियोपनि निकै आकर्षक बनेको छ ।

चर्चित कलाकार दमन रुपाखेती , निरु खड्का ,जनक बर्तोला , सरिता गौतम लगायत चल्तीका कलाकारहरुले अभिनय गरेको भिडियोको छायाकंन रेशम दर्लामीले गरेका हुन् भने यसको सम्पादन सरिता गौतमले गर्नुभएको हो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार