एसीसी यू–१९ इस्टर्न रिजन फाइनलः नेपालले टस जितेर बलिङ गर्दै - Butwal Online

बुटवल,२४ असार । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । अहिले नेपालले टस जितेर बलिङ रोजेको छ।

पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेर नेपाल फाइनलमा आएको हो । यस्तै सोमबार भएको खेलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो ।

उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

हेर्नुहोस लाईभ 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार