हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपाल यू–१९ एसिया कपमा छनोट - Butwal Online

बुटवल, २४ असार। हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । आज मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले उपाधि जिते संगै एसिया कपमा स्थान बनाएको हो ।

हङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६.१ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

यस आघि टस हारेर ब्याटिङ गरेको  हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रन मात्र बनाउन सक्यो ।

हङकङलाइ सस्तैमा समेट्ने क्रममा नेपालको लागि सागर ढकालले १० ओभर बलिङ गर्दै ५ मेडिन राख्दै मात्र १८ रन दिएर ५ विकेट लिए ।

कमल सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन दिएर ३ विकेट लिए ।

तिलकराज भण्डारी र कुशल मल्लले समान १ विकेट लिए । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन दिए ।

ब्याटिङमा नेपालको लागि ऋत गौतमले १४ बल खेल्दै २ चौका सहित १३ रन बनाएर आउट भए ।

पवन शरार्फले ३६ बलमा ५ चौका र १ छक्का सहित ३९ रन बनाएर आउट भए।

खडकबहादुर बोहोराले २२ बल खेल्दौ १ चौका सहित ८ रन बनाएर आउट भए ।

कप्तान रोहितकुमार पौडेलले १० बल खेल्दै १ चौका सहित १२ रन बनाएर आउट भए ।

भिम सार्कीले ११ बल खेल्दै १ चौका सहित ८ रन बनाएर नटआउट रहे।

हरि बहादुर चौहान पनि नटआउट रहे।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार