मिडास ग्रुप प्रा.लिद्वारा बुटवलमा मेकानिकल तथा सवडिलर मिट कार्यक्रम सम्पन्न - Butwal Online

बुटवल, २४ असार । मिडास ग्रुप प्रा.लिले बुटवलमा मेकानिकल तथा सव डिलर मिट कार्यक्रम गरेको छ ।

मेकानिकल सम्बन्धी जानकारी र सव डिलरको व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको डिलर मिटमा ६० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा ग्रुपका म्यानेजर रिषिराज बरालले मिडास गु्रपले उत्पादन गरेको व्योट्रि सम्बन्धी जानाकारी गराएका थिए । सिटी फाईनान्स, सिटी मनिट्रान्सफर अन्तर्गतको मिडास ग्रुपले नेपलामा ५ बर्ष देखि विभिन्न सवारी साधन एवं ईन्भटरमा लाग्ने व्याट्रि विक्रि गर्दै आएको छ ।

प्रा.लिका फाईनान्स म्यानेजर केशवराज पाण्डेले मिडास कम्पनीको लिभगाड् व्याट्रि ५ बर्षको अवधिमा उत्पाधिक नेपालमा सफल भएको बताए । एरिया सेल्स म्यानेजर कृष्ण बस्यालले मिडासले ईन्भटर, ई रिक्सा, सम्पुर्ण सवारी साधन, मोटरसाईकल एवं सोलारका लागी व्याट्रि विक्रि गर्दै आएको बताए ।

पाँच बर्ष सम्म वारेन्टी व्याट्रिमा रहेको छ । कार्यक्रममा सेल्स अफिसर डम्बर खड्काले मेकानिकलले अपनाउनुपर्ने सावधानीका बारेमा चर्चा गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार