मोटरसाइकल दुर्घटनामा परि अर्घाखाँचीका खनालको मृत्यु - Butwal Online
बुटवल, २४ असार । कपिलबस्तुमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
गत शनिवार कपिलबस्तुको पिपरामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्बर ४ खन निवासी अन्दाजी २१ वर्षिय पुष्कर खनालको उपचारको क्रममा मृत्यु भएको छ ।
बुटवलमा बसेर उच्च शिक्षा पढ्दै गरेका पुस्कर शनिवार दाजुभाईहरु संग कपिलबस्तुको जग्दिसपुर र तिलौराकोट ताल सम्म घुम्न गएका थिए । दिनभर साथीहरुसँग घुमेर साँझ बुटवल फर्किने क्रममा कपिलबस्तुको बड गाउँ चोकमा बिपरित दिशाबाट आइरहेको साइकललाइ जोगाउने क्रममा भाइले चलाइरहेको लु ४१ प ४४०३ नम्बर को मोटरसाइकलको एक्कासि ब्रेक लगाउँदा पछाडी बसेका पुष्कर मोटरसाइकलबाट खसेका थिए ।
दुर्घटनामा परि उनको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते खनाललाई उपचारको लागी तुरुन्तै क्रिमसन अस्पतालमा ल्याईएको थियो । बिडम्बना उनको उपचारको क्रममा असार २३ गते सोमबार दिउँसो निधन भएको छ । खनालले बुटवल बहुमुखी क्याम्पसमा डिग्री पढ्दै तथा यमआरको जागिर खादै आइरहेका थिए । अकालमै मृत्युको शिकार बनेका खनाल घरपरिवार आफन्त, शिक्षक र साथीभाइहरुको निकै प्रीय थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार