राष्ट्रपति रनिङ्शिल्ड : नवलपुरमा जनज्योती मावी पहिलो - Butwal Online

सदिक्षा गैरे
कावासोती २४ असार। देशका बिभिन्न जिल्लाहरुमा यतीबेला राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सञ्चालन भईरहेका छन् । गणतन्त्र आउनु वीरेन्द्र शिल्डको नामले चर्चीत यो प्रतियोगिता सरकारी स्तरमा बिद्यालयस्तरमा गराईने ठुलो प्रतियोगिता हो ।


यसैबिछ नवलपुरमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कावासोती नगरपालिका वडा नम्बर ३ मा रहेको जिवनज्योती माध्यमिक बिद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ । जीवनज्योतीले ८ स्वर्ण , एक रजत र २ कास्य पदक प्राप्त गर्दे प्रथम भएको हो ।

नवलपुरको गैंडाकोट स्थित जनक माविमा सोमबार र मंगलबार संचालित फाईनल प्रतियोगितामा जीवनज्योती प्रथम भएको घोषणा गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णु श्रेष्ठका अनुसार मणिसंगम मावि डाँडाजोरले ३ स्वर्ण, ६ रजत र १ कास्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ भने ३ स्वर्ण, २ रजत पदक सहित जनता मावि त्रिभुवनटारले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रथम हुन सफल जीवनज्योतिले छात्रतर्फको २ सय मिटर दौड, छात्रातर्फको २ सय मिटर दौड, छात्रतर्फको ४ सय मिटर दौड, छात्रातर्फको ४ सय मिटर दौडमा स्वर्णपदक प्राप्त गरेको हो । त्यसैगरी छात्रातर्फको १०० सय मिटर रिलेदौड, छात्रातर्फको लङजम्प, छात्रतर्फको कपर्दी, छात्रातर्फ कपर्दी तर्फमा पनि जीवन ज्योति माविले स्वर्ण पदक हासिल गरेको हो ।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले विजयी खेलाडी तथा विद्यार्थीहरुलाई पुरस्कार, शिल्ड, प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार