नवलपरासीमा गाउँ नजिकै जंगली बाघ देखा पर्दा स्थानिय त्रसित - Butwal Online

सहबान अन्सारी
नवलपरासी,२५ असार । लपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवामा जंगली बाघ देखा पर्दा स्थानियहरु त्रसित भएका छन ।


मंगलवार साझ पुर्व कङ्गली खोला तर्फ बाट पश्चिम तिर आऊदै गरेको बाघ हेरेपछी जनजिवन त्रसित भएको बताईएको छ।
गाउँ नजिकैको खेतबारीमा बाघको खुट्टाको डाम देखा परेको स्थानिय बच्चा राजभरले बताए।

गाउँ नजिकै को उखु तथा केरा बारीमा बाघ लुकेको हुन सक्ने हुदाँ स्थानिहरु घर बाट बाहिर निस्कने डर उत्पन्न भएको गुठी परसौनी प्रहरी चौकीले जनाएको छ।

साथै बालबालिका लगायत सम्पुर्ण गाउँ बासीहरुलाई घरबाट एक्लै बाहिर नजान प्रहरीले आग्रह समेत गरेको छ।
बाघले अहिले सम्म कुनै किसिमको क्षति नपुर्याएपनि स्थानियहरु आफ्नै खेतबारीमा काम गर्न गार्हो भएको बताईएको छ ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार