नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेको सातवटा बस आइपुग्यो - Butwal Online

नेपालगन्ज २५ असार । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेको सातवटा बस आईपुगेको छ

। अन्य स्थानीय तहसंग सोझो यातायात सम्बन्ध बढाउने नीति लिएको उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने गरी बस खरिद गरेको हो । बुधवार कम्पनीले बसहरु उपमहानगरपालिकाको कार्यालय परिसरमा ल्याईदिएका छन् ।

उपमहानगरपालिकाले बस सञ्चालनका लागि महिलालाई प्राथमिकता दिने तयारी गरेको छ । त्यसका लागि जेष्ठ महिनामा तालिम दिने काम सम्पन्न भइसकेको छ । उनीहरुलाई प्राथमिकतामा राखेर बस सञ्चालन गर्ने उपमहानगरपालिकाको तयारी छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, बस नेपालगञ्जभित्र, खजुरा, कोहलपुर लगायतका ठाउँमा सञ्चालन हुने छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार