जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्राथमिकताहरु सार्वजनीक - Butwal Online

नेपालगन्ज २५ असार । जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यालयका प्रमुख प्राथमिकताहरु आज सार्वजनीक गरेको छ । कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी ११ वटा प्राथमीकता सार्वजनीक गरेको हो ।

जनतालाई पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउने कामलाई पहिलो प्राथमीकतामा राखीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक विरवहादुर वलीले जानकारी दिनुभएको छ ।

त्यस्तै, सेवालाई प्रभावकारी र पारदर्शि वनाउने, सेवाग्राहिलाई छिटो छरीतो सेवा प्रदान गर्ने, विकृति न्युनीकरणका लागी समुदाय साझेदारी कार्यक्रमलाई निरन्तरता दिने, लैंगीक हिंसा न्युनीकरण, लागुऔषध ओसारपसार न्युनीकरण, संगठित अपराध न्युनीकररण गर्ने लगायतका कामहरुलाई प्राथमीकतामा राखीएको उहाँले बताउनुभएको छ ।

त्यस्तै, चोरी निकासी, पैठारी नियन्त्रण, मानव अधिकार संरक्षण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई पनि प्राथमीकतामा राखीएको प्रहरी निरीक्षक वलिले वताउनुभएको छ । प्राथमीकतालाई कार्यान्वयन गर्न कार्यक्रममा सहभागी पत्रकारहरुले सुझाव दिएका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार