असारे विकासः दुई दिनमै कालोपत्रे सडकमा खाल्डा खुल्डी - Butwal Online

बुटवल, २५ असार । असारे विकासका खवरहरु देशभर बाट आइरहेका छन् । पानी पर्न सुरु हुन साथ सुरु भएका असारे विकास काम सम्पन्न नहुदै भत्कन पनि थालेका छन् ।

रुपन्देहीको तिलोत्तमा पनि यस्तै एउटा असारे विकासका कारण जनता आक्रोशित बनेका छन् । शारदा स्कुल देखि बनबाटिका सम्मको सडक कालोपत्रे गर्दा चरम लापरबाही भएको स्थानियहरुले बताएका छन् ।

यहि बैशाखमा ठेक्का लगाएपनि मध्ये असार बाट काम सुरु भएको उक्त सडक कालोपत्रेमा चरम लापरबाही भएको स्थानियले बताएका हुन ।

३ सय ३० मिटर कालोपत्रे सडक निर्माणका लागि प्रदेश नं. ५ सरकारले अभियान्त कन्ट्रक्सनलाई बैशाखमा ४२ लाख रुपैयामा ठेक्का लगाएको थियो । तर बैशाखमा ठेक्का सम्झौता भएपनि असारमा काम गर्दा कालोपत्रे गरेको ३ दिन नपुग्दै खाँडा पर्न थालेका छन् । स्थानिय खिमलाल पाण्डेले ठेकेदारको लापरबाहीका कारण दुई दिनमै सडकमा खाल्डाखुल्डी पर्न थालेको बताए ।

“धुलो उडाउने बेलामा समेत मेसिन प्रयोग गरिएन, नाङलोले धुलो उडाएर काम गरियो, पानी पर्दा समेत कालोपत्रे गर्दा यस्तो भयो” उनले भने ।


तीन दिन अघि गरेको कालोपत्रे सडक सोमबार देखि परेको पानीले खाल्डा पर्न थालेका छन् । सडक निर्माणको ठेक्का पाएका अभियान्त कन्ट्रक्सनका ठेकेदार सेजल नेपालले भने काम सम्पन्न नहुदै स्थानियहरुले आफुमाथी लान्छाना लगाएको बताएका छन् ।

दुई दिन देखि लगातार पानी परेकाले काम गर्न नपाएको भन्दै उनले उक्त सडक निर्माणमा अझै सिलकोट र पिच फिनिसिङको काम बाँकी रहेको बताए । उनले कामनै सम्पन्न नभएको बेला स्थानियहरुले आफुमाथी रिसिवी साधेर आरोप मात्र लगाएको उनले बताए ।
“उहाँहरुले खनाल स्टोर सम्म कालोपत्रे गर्न भन्नुभएको थियो, मैले त्यो सवै गरिन, रिशिवि साद्नका लागि उहाँले यस्तो आरोप लगाउनुभएको हो” उनले भने ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार