भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटकाे फाइनलमा, भारत बाहिरियो - Butwal Online

बुटवल, २५ असार । भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पुगेको हो ।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा अलआउट हुँदा २२१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि रवीन्द्र जडेजाले ५९ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ७७ रनमा आउट भए ।

महेन्द्र सिंह धोनीले ७२ बलमा १ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा आउट भए।

हार्दिक पाण्ड्याले ६२ बलमा २ चौका प्रहार गर्दै ३२ रन बनाएर आउट भए।

रिषभ पन्तले ५६ बलमा ४ चौका प्रहार गर्दै ३२ रन बनाएर आउट भए ।

कप्तान विराट कोहोली ६ बल खेल्दा १ रन बनाएर आउट भए भने रोहित शर्मा पनि ४ बल खेल्दै १ रन बनाएर आउट भए । त्यस्तै केएल राहुल पनि ७ बलमा मात्र १ रन बनाएर आउट भए ।

५ रनको अवस्थामा तीन विकेट गुमाइसकेको भारतको लागि  रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो । बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

यस आघि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो।

न्युजिल्यान्डको लागि रोस टायलर ९० बलमा ३ चौका र १ छक्का प्रहर गर्दै ७४ बनाएर आउट भएका थिए ।

कप्तान केन विलियम्सनले ९५ बलमा ६ चौका प्रहार गर्दै ६७ रन बनाएर आउट भएका थिए।

हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ भारतको लागि भुवनेश्वर कुमारले तीन विकेट लिएका थीए । न्यूजिल्याण्डले अब उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार