दीपनगरको शिव मन्दिरमा शिव लिङगको प्राणप्रतिष्ठा स्थापना - Butwal Online

बुटवल, असार २६ । बुटवल–७ दीपनगरस्थित सिद्देश्वर शिव मन्दिर सेवाश्रममा श्रावणी मेलाको तयारीका स्वरुप १ सय ११ थान शिव लिङगको प्राणप्रतिष्ठा बिहीबार स्थापना गरिएको छ ।

श्रावणी मेला आउँदो साउन ६ गतेदेखि सुरू हुँदैछ । मन्दिरमा २०७६ को श्रावणी मेला भव्य रुपमा सफल बनाउन तयारी तिब्र पारिएको छ । मेलालाई लक्षित गरी मन्दिरको सरसफाईदेखि रंगरोगन लगाएर चिटिक्क पारिएको छ ।

श्रावणी मेलालाई सफल बनाउन सिद्देश्वर मन्दिर सेवाआश्रमका अध्यक्ष लक्ष्मण अर्यालको संयोजकत्वमा ९ सय १ सदस्यीय मूल समिति बनाइएको प्रचार–प्रचार संयोजक विकासजंग बस्नेतले जानकारी दिए । त्यस्तै ६ वटा उपसमिति समेत गठन गरिएको छ ।

त्यस्तै आर्थिक उपसमितिको संयोजकमा हेमन्त केसी, प्रचार–प्रसार उप–समितिको संयोजकमा विकासजंग बस्नेत, स्वमसेवक उपसमिति संयोजकमा होमबहादुर मल्ल, बोलबम जलार्पण संयोजकमा शान्ता ज्ञवाली उपसंयोजकमा राजेन्द्र रिजाल, प्रसाद व्यवस्थापन संयोजकमा कृष्णप्रसाद शर्मा पौडेल रहेको सेवाआश्रमका सचिव ऋषिराम अर्यालले जानकारी दिए ।

साउन महिनाभर प्रत्येक सोमबार पाठ, रुद्री र जलार्पण कार्यक्रम हुने अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । साउन १३ गते देवघाट गएर जर्लापण गरी मन्दिरमा लघुरुद्री गरिने अर्यालले जानकारी दिए । महिनाभरी विशेष पुजा आजा हुने छ ।

मन्दिरमा साउनमहिनाभर झण्डै २० हजार श्रदालु भक्तजनले दर्शन गर्ने प्रचार प्रचार संयोजक बस्नेतले जानकारी दिए । मन्दिरमा १ सय ११ थान शिवलिङग भक्तजनहरुबाट प्राप्त भएका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार