प्रदेश नं ५ को प्रदेशसभामा थप तिन विधेयक दर्ता - Butwal Online
प्रदेश नं ५ को प्रदेशसभामा थप तिन विधेयक दर्ता

प्रकाश खनाल

बुटवल,२६ असार । प्रदेश नं ५ को प्रदेशसभामा थप तिन विधेयक दर्ता भएका छन् । प्रदेशसभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।




प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यही असार ८ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको हो भने प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक असार १३ गते दर्ता भएको हो ।

सात वटा प्रदेशसभा मध्ये सबै भन्दा बढि विधेयक पारित गर्ने प्रदेशसभाको रुपमा स्थापीत प्रदेश नं ५ को प्रदेशसभाबाट यस अघि ३८ वटा विधेयक पारीत भई प्रमाणीकरण समेत भैसकेको छ । प्रदेशसभाको अर्को बैठक यही असार २९ गते दिउसो १ बजे बस्दै छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार