शुक्रबार एजुकेशन फेयर स्टडी ईन नेपाल बुटवलमा - Butwal Online
शुक्रबार एजुकेशन फेयर स्टडी ईन नेपाल बुटवलमा

बुटवल, असार । साईनो ईभेन्टस्को आयोजनामा बुटवलमा एजुकेशन फेयर स्टडी ईन नेपाल आयोजना हुने भएको छ । जसको तयारी पुरा भएको आयोजक साईनो ईभेन्ट्स का एमडी आशिष गौतमले जानकारी दिए ।


उनका अनुसार नेपालमा रहेका क्याम्पस, कलेज र विश्व विद्यालय नै अध्यायन गर्नुपर्दछ भन्ने भावलाई आत्साथ गर्न उक्त एजेकुशन फेयर आयोजना गरिएको हो ।

बुटवलको अमरपाली कटेजमा विहान ९ बजे देखि साँझ ५ बजे सम्म आयोजना हुुने उक्त कार्यक्रममा विहान ९ देखि १० बजे सम्म नेपालमा अध्यायन गर्दाका फाईदा, विद्यार्थी जीवनका विविधि विषयमा मोटिभेसनल स्पीच समेत गरिने आयोजक संस्थाका सिईओ विश्वास खरेलले जानकारी दिए ।

प्लस टु दिएर बसेका र अध्यायन गर्दै गरेका विद्यार्थीहरुलाई केन्द्रीत गरेर शैक्षिक मेला आयोजना गर्न लागिएको संस्थाका एमएसई किरण राना मगरले जानकारी दिए । उक्त कार्यक्रममा लुम्बिनी ईन्जीनियरीङ्ग कलेज, क्षितिज ईन्टरनेशनल कलेज, तिनाउ प्राविधिक शिक्षालय, नेपथ्य कलेज, सिसिटी कलेज, एक्सीस कलेजबाट विशेष सहभागीता हुने छ । जसमा अध्ययनका विषयको विषयमा कलेजबाट यथेष्ठ जानकारी हुने छ ।

कार्यक्रममा बुटवल मोडल कलेज, सञ्जीवनी नसीङ्ग कलेज, जिपीएक्स मोर्टस, मणीग्राम मोटर्स, नामे एजुकेशन, एप्पल एजुकेशनले सहयोगी संस्थाको रुपमा साथ दिएका छन् ।

यस्तै किट्टो गाईज ले स्वयम सेवक भुमिका र तोरी लाउरे ईन्जीनियरर्स ले सोसल मिडियाको भुमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् । कार्यक्रममा ईन्जीनियर दिपक पाण्डेले विशेष मोटीभेसनल क्लास लिने छन् ।
फोटो पनि छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार