चन्द्रौटामा सवारी दुर्घटना एकको मृत्यु एक गम्भीर घाइते - Butwal Online

प्रिंस मिश्रा

कपिलवस्तु, २६ असार। कपिलवस्तुको शिवराज नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ

कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ समिति चोक स्थित पुर्व पश्चिम राजमामर्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बा १६ च २२९६ नंबरको कारले बिपरीत दिशा तर्फ जादै गरेको लु ५ प ३७४८ नंबर मोटर साइकिललाई ठक्कर दिदा मोटर साइकलमा सवार शिवराज नगरपालिका ११ बस्ने बर्ष ४८ को रामपुजारी तेलीको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको छ ।

गम्भीर घाइते  भएका मोटरसाई चालक शिवराज नपा ४ गुलरी बस्ने बिक्रम मुराउको शरिरको विभिन्न भागमा चोट लागेको छ घाइते मुराउको अहिले बुटवल स्थित मर्सी सिटी अस्पतालमा उपचार भैरहेको छ ।, त्यस्तै  कार ,कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार