कान्ती मा वि मा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण - Butwal Online

बुटवल, २६ असार।

बुटवल ४ हाटबजारमा रहेको कान्ति माध्यमिक विद्यालयले कक्षा ११ मा अध्यापन गर्न आउने विद्यार्थीहरुलाई एक समारोहका बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विभिन्न जिल्ला तथा विद्यालयबाट कान्ति माध्यमिक विद्यालयलाई अध्ययनको लागि छनोट गरेकोमा आगन्तुक विद्यार्थीहरुप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै उनले “सङ्गत गुनाको बुद्धी, बीउ गुनाको फल” भनेझै असल सङ्गत र मेहनतबाट उत्कृष्ट बन्न सकिने उनले बताए । विद्यालय आत्म अनुशासित बन्ने ठाउँ भएको हुँदा अनुशासित, लगनशील र राष्ट्रले खोजेको असल नागरिक बन्न अनुरोध गरे ।

विद्यार्थीले विद्यालयमा पालना गर्नुपर्ने आचार संहिताको बारेमा जानकारी दिदै आत्मविश्वास, इच्छाशक्ति, सक्रिय सहभागिता र क्रियाशिलताबाट अगाडि बढ्न बिद्यमर्थीहरुलाई आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि हेमानन्द शर्माले प्रत्येक विद्यार्थीहरुको क्षमता फरक फरक हुने हुँदा विद्यालयमा फरक समूहको अध्यापन हुँदै आएको र सबै विषयको बराबर महत्व रहेको बताए।


उनले विद्यालयको भौतिक पूर्वाधारको विकासमा विद्यालय परिवार क्रियशिल रहेको र श्रोत निकट भविष्यमा नयाँ भवनको निर्माण गरिने , भौतिक पूर्वाधारमा विकास गरिने, ल्याव तथा अन्य सेत साधन जुटाउन निरन्तर लागिरहेको जानकारी दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का वार्ड सदस्य सुरेन्द्र श्रेष्ठ, सह प्राचार्य चुरामणी पौडेल, इन्चार्ज यज्ञलाल सुवेदी, शिक्षक लिलाधर पाण्डे र लेखनाथ पाण्डे लगायतले स्वागत, गजल तथा मन्तव्य व्यक्त गर्नु गरेका थिए ।

कार्यक्रममा विद्यालयमा भर्ना भएका करीब ४०० विद्यार्थी हरु र शिक्षक तथा अभिभावक विद्यालय व्यवस्थापन समिति सदस्य, सल्लाहकार, शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको उपस्थिति रहेको शिक्षक टिकाराम शर्माले जानकारी दिए । कार्यक्रमको संचालन कक्षा ११÷१२ विज्ञान समूह इन्चार्ज मोहन भट्टराईले गरेका थिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार