पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक खुल्यो - Butwal Online
पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक खुल्यो

बुटवल, २६ असार । पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड खुलेको छ।

दिनभर परेको पानीका कारण सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

साझ ६ बजे देखि अवरुद्ध सडक ८ बजे सुचारु भएको हो

सडक डिभिजन कार्यालय पाल्पा बाट आएको डोजरले पहिरो पन्छाएपछि सडक खुलेको दोभान प्रहरीका इन्चार्ज सहि बल बहादुर घर्तिमगरले बताए।

अहिले स्वतस्फूर्त रुपमा सवारी साधन सञ्चालनमा आएका छन्

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार