नवलपुरको कावासोतीमा सवारीसाधनको ठक्करबाट एकको मृत्यु - Butwal Online

सदिक्षा गैरे
कावासोती २७ असार। नवलपुरको कावासोतीमा सवारी साधनको ठककरबाट एक जनाको ज्यान गएको छ । बिहिबार राती ८ बजे कावासोती नगरपालिका १४मा पर्ने डण्डा बाट भित्र जाने सडकमा नम्बर र प्रकार नखुलेको सवारी साधनले ठककर दिदा स्थानीय तुलसीराम थनेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । थनेत साईकलमा सवार थिए ।


नम्बर र प्रकार खुल्न नसकेको सो सवारी साधनले ठक्कर दिई गम्भिर घाईते भएका थनेतको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ठककर दिने सवारी साधनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

एक पुरुषको वेशारिशे शब भेटियो

यसैबिच नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ मा पर्ने चोरमारा र अरुणखोला बिचको जंगलको एक पुरुषको बेवारिसे शब फेला परेको छ ।

शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग स्थित जंगलको बिच भागमा उनको शब भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अन्दाजी २५÷२६ बर्षका जस्ता देखिने ति पुरुष मधेषी मुलको हुन सक्ने प्रहरीले जनाएको छ ।

उनको सनाखत भएको छैन । घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार