नेपालगन्जबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो - Butwal Online

काठमाडौँ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ ।

नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं उडेको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ ।

अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ । रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन्। विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । थप विवरण आउन बाँकी ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार