देशभर भारी बर्षाको सम्भावना, यस्तो छ आगामि ३ दिनको मौसम - Butwal Online
देशभर भारी बर्षाको सम्भावना, यस्तो छ आगामि ३ दिनको मौसम

बुटवल । पछिल्लो तीन दिनदेखि देशभर पनि परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले अझै २४ घण्टासम्म देशको पूर्व र मध्य क्षेत्रमा भारी बर्षा हुने बताएको छ ।

पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा भारि वर्षा हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनेको छ। मौसमका कारण देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने पूर्वानुमान महाशाखाको छ । यस्तै केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

आगामि तीन दिनको मौसम पूर्वानुमान

असार २७ गते (शुक्रबार)

दिउसो : देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति : देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २८ गते (शनिबार)

दिउसो : देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति : देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २९ गते (आईतबार)

दिउसो : देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।

राति : देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार