पाल्पा कारागारका कैदीलाई खेलकूद सामग्री - Butwal Online
पाल्पा कारागारका कैदीलाई खेलकूद सामग्री

सुनिल कार्की

पाल्पा, २७ असार । जिल्ला कारागारका कैदीबन्दीहरुलाई खेलकूद सामग्री वितरण गरिएको छ । आलमदेवी ग्रील उद्योग तानसेनका सञ्चालक कमल सिं सुनारले व्यक्तिगत आर्थिक सहयोगमा खेलकूद सामग्री वितरण गरेका हुन ।

कैदी बन्दीहरुको मागका आधारमा शुक्रबार एक कार्यक्रमका बीच खेलकूद सामग्री वितरण गरेको सञ्चालक सुनारले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक कृष्णराज सापकोटाले खेलकूद सामग्री वितरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै उनले सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेकोमा सहयोगदाता सुनारलाई धन्यवाद दिए । सहयोगदाता सुनारले दुई वटा भलिवल, एक सेट ब्याडमिण्टन, तीन थान चेस, नौ थान लुडो सहयोग गरेका थिए ।

उनले दश हजार बराबर रकमको खेलकूद सामग्री कैदी बन्दीका लागि वितरण गरेका हुन । खेलकूद सामग्रीले कैदी बन्दीहरुमा समय विताउन सहज हुने सुनारले विश्वास गरे ।

खेलकूद सामग्री पाएपछि कैदीबन्दीहरु खुसी भएका थिए । उनीहरुले सहयोगदाता सुनारलाई आफुले उत्पादन गरेको मूढा उपहार दिएका थिए ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार