संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिबृद्धि तालिम सुरु - Butwal Online

बुटवल,२७ असार । बुटवलमा सुक्रबारदेखि संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।

मिडिया एक्शन नेपालको अयोजनामा सञ्चालीत दुई दिने तालिममा रुपन्देही लगायत प्रदेश ५ का ३० जना पत्रकारहरुको सहभागिता रहेको ।

तालिममा प्राध्यापक रामकृष्ण रेग्मी र मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले नेपाल लगायत बिभिन्न मुलुकहरुमा हुदै आएका संसदीय अभ्यास र संसदीय पत्रकारीताको बिषयमा जानकारी गराउनुका साथै संसदीय रिपोर्टिङ्ग गर्दा पत्रकारहरुले ध्यान दिनुपर्ने बिषयहरुका बारेमा प्रकास पारेका थिए ।

तालिम शनिबार समापन हुने आयोजक मिडिया एक्शन नेपालका अध्यक्ष पन्तले जानकारी दिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार