बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री ओलीद्धारा जानकारी - Butwal Online

बुटवल, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने प्रति श्रदाञ्जली व्यक्त गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट नागरिकको मृत्यु भएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।

बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको प्रधानमन्त्रीले ट्विटरमा लेख्नुभएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार