पाल्पामा झाडापखालाले एकै गाउँका ५० जना भन्दा बढी बिरामी - Butwal Online

पाल्पा, २७ असार । पाल्पा रैनादेवी छहरा १ सिद्धेश्वरमा झाडापखालाले एकै गाउँका ५० जना भन्दा बढी बिरामी परेका छन् । लगातारको झरीले गाउँमा पानी दुषित भएका कारण गाउँका प्राय जसोलाई झाडा पखाला भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।

अहिले झाडा पखलाले महामारीको रुप लिन थाले पछि जिल्ला अस्पतालबाट डक्टर गगन अधिकारी सहितको टोली प्रभावित क्षेत्रमा पुगेर अस्थायी क्याम स्थापना गरेर औषधी उपचारमा लागेको रानाले बताए ।

बिहीबार बाट फैलिएको झाडा पखालाका कारण ४ जना बिरामीको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार