भान्सारबाट आएको ५६ नमुना मध्ये २ वटामा बढि विषादी भेटियो - Butwal Online

प्रकाश खनाल
बुटवल,२८ असार । भारतबाट आयातीत दुई वटा आलु तत्काल खान नमिल्ने भेटिएको छ । भैरहवा भन्सार मार्फत बुटवल स्थित विषादी अवशेष द्रत विश्लेषण परिक्षण ईकाई (प्रयोशाला) मा आएका ५६ वटा नमुना परिक्षण गर्दा दुई वटा ट्रकमा आएका आलु तत्काल खान नमिल्ने खालको भेटिएको हो ।


बिषादी जाँचका लागि भन्सार कार्यालयले पठाएका ५६ नमुना मध्ये दुई वटा नमुना तत्काल खान नमिल्ने खालको भेटिएको विषादी अवशेष द्रत विश्लेषण परिक्षण ईकाई (प्रयोशाला) बुटवलका कार्यालय प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार भन्सारबाट आएको नमुना परिक्षण गर्दा दुई वटा आलुको नमुनामा ४५ प्रतिसत रुकावट प्रतिसत अर्थात बढि विषादीको मात्रा पाइएको हो ।

विषादीको मात्रा बढि पाइएका नमुनाहरु २ / ३ दिन पछि पुनः परिक्षण गरिने कार्यालय प्रमुख खत्रीले जानकारी दिए । कर्मचारी अभावको कारण बन्द हुँदै खुल्दै आइरहेको प्रयोगशाला विहिबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो ।


बुटवल,काठमाण्डौको कालिमाटी,पोखरा,बिराटनगर,बिर्तामोड,नेपालगञ्ज,अत्तरीयामा रहेको फलफुल तथा तरकारी थोक बजार केन्द्रहरुमा बिषादी मापन प्रयोगशाला सञ्चालनमा रहेपनि ति केन्द्रहरुमा कर्मचारीहरुको अभाव हुँदा बिषादी परिक्षण गरेर मात्रै तरकारी तथा फलफुल नेपाल भित्रिन दिने सरकारको निर्णयका कारण भारतबाट नेपाल ल्याइदै गरेका तरकारी तथा फलफुलका गाडीहरु नमुना जाँचका लागि काठमाण्डौं पुग्नुपरेको थियो ।

यस अघि आफ्नो केन्द्रमा आएका फलफुल तथा तरकारीहरु मात्रै बिषादी जाँच गर्दै आएका तरकारी तथा फलफुल थोक बजार केन्द्रहरुले अब भन्सारबाट पठाइएका नमुना जाँच समेत गर्न सुरु गरेका छन् ।

आफु मातहत रहेका बिषादी जाँच प्रयोगशालाहरुको बारेमा सम्बन्धीत मन्त्रालय जानकार नहुँदा बिषादी परिक्षण गरेर मात्रै तरकारी तथा फलफुल नेपाल भित्रिन दिने सरकारी निर्णयका कारण लामो समय सम्म फलफुल र तरकारी बोकेका ट्रकहरु सिमामै रोकिनु परेको थियो भने पुर्व तयारी बिना सरकारले उक्त निर्णय गरेको भन्दै आलोचना समेत हुँदै आएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार