प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता : सौभाग्य युवा क्लब बुटवल फाईनलमा - Butwal Online

बुटवल, २७ असार। तिलोत्तमा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ को दोस्रो सेमीफाईनल खेलमा स्मृति स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै सौभाग्य युवा क्लब बुटवल फाईनलमा स्थान बनाएको छ ।

शुक्रबार भएको रोमाञ्चक खेलमा सौभाग्य ३–१ गोलले विजयी भएको हो । पहिलो सेमीफाईनल खेलमा पाल्पा–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै डिएमसी यसअघि नै दाबेदारी पेश गरेको हो । उपाधिका लागि फाईनल भिडन्त शनिबार हुने एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताए ।

तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा भएको खेलको पहिलो दिनको खेलमा स्मृतिका अरुण गाहाले ७ औ मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।

खेलको ९ औ मिनेटमा सौभाग्यका दिपेश आलेले बराबरी गोल गरेका थिए । शुक्रबार भएको बाकी खेलमा सौभाग्यका बिशाल ठकुरीले खेलको ५४ औ र शरद क्षेत्रीले ६० औ मिनेटमा विजयी गोल गरेका थिए ।

खेलमा सौभाग्यका शरद क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ साथै मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा उत्कृष्ट एक–एक जना डिफेन्डर, स्टाईकर, गोलकिपर, कोचलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने एकेडेमीका महासचिव युबराज पराजुलीले बताए ।

असार १३ देखि शुरुभएको प्रतियोगितामा रुपन्देही, पाल्पा जिल्लाका १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेको कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार